तनहुँ । भानु नगरपालिका–१ नयाँबस्तीका गन्धर्व समुदाय पेशा संरक्षणमा जुटेका छन् ।
आफ्नो पुख्र्यौली पेशा लोप हुन थालेपछि उनीहरुले सारंगी बनाउने काम थालेका हुन् । नयाँ पुस्तालाई यो पेशाप्रति आकर्षित गर्न पनि प्रत्येक घरमा सारंगी बनाउने अभियान नै थालिएको छ ।
सारंगी बजाएर जिविकोपार्जन गर्न गाह्रो भएकाले पनि उनीहरुले सारंगी बनाउन गर्न थालेका हुन् । यसबाट मासिक चालिस हजारसम्म आम्दानीे हुने गरेको छ ।
यहाँका २५ घर परवार मध्ये केही भने गन्धर्व जातिहरु अझै पनि गीत गाएर गुजारा टार्दै आइरहेका छन् ।









प्रतिक्रिया दिनुहोस्