Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


विश्व टेलिभिजन दिवस मनाइँदै


0
Shares

काठमाडौं । आज ‘विश्व टेलिभिजन दिवस’ । सन् १९९६ डिसेम्बर १७ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष नोभेम्बर २१ मा विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउन लागिएको हो ।

तत्कालीन समयमा टेलिभिजन दिवस मनाउन पेश गरिएको प्रस्तावमा केही शक्ति राष्ट्रले भने नो भोट गरेका थिए ।

सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारमाध्यमका रुपमा लिइन्छ ।

आर्थिक तथा सामाजिक विषयवस्तुलाई उठान गर्नसक्ने माध्यमका रुपमा टेलिभिजनलाई स्वीकार गरिएको छ ।

टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रसारण गरेको पाइन्छ । सन् १९५४ देखि रंगीन टेलिभिजनको विकास भई रंगीन दृश्य हेर्न सकिने अवस्था आएको हो ।

सन् १९७० को दशकमा विश्वका ६० वटा मुलुकमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भयो ।

नेपालमा भने सन् १९७० को दशकमा टेलिभिजनका सेटहरु भित्रिएको पाइन्छ । नेपालमा टेलिभिजनको प्रसारण हुन थालेको ३५ वर्ष भएको छ ।

२०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो ।