काठमाडौं, मंसिर ४ । राष्ट्रिय मानवअधिकार आयोगले द्वन्द्वपीडितको संवेदनामा आघात पुग्नेखालका गतिविधिप्रति आयोगको समर्थन नहुने जनाएको छ ।
आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै शान्ति–सम्झौताका केही कामहरु सम्पन्न भएपनि द्वन्द्वपीडितहरुले सहजरुपमा न्याय पाउने कुरा टाढिँदै गएको जनाएको हो ।
सशस्त्र द्वन्द्वकाक्रममा भएका गम्भीर मानवअधिकार उल्लंघनमा संलग्न दोषीउपरका कारबाही र पीडितलाई परिपूरणलगायतका कार्यहरु बाँकी रहेको र यसतर्फ सरोकारवालाले ध्यान दिन जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ ।
द्वन्द्वपीडितहरुले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा स्वतन्त्र, निष्पक्ष र सक्षम पदाधिकारीहरु सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराउँदै आइरहेको र पूर्वपदाधिकारी नै नियुक्त भए उजुरीहरुसमेत फिर्ता लिने पीडितहरुले बताएकोतर्फ पनि आयोगले ध्यानाकर्षण गराएको छ ।












प्रतिक्रिया दिनुहोस्