Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


बझाङमा भूकम्पको कडा धक्का, पूरै सुदूरपश्चिम हल्लायो


0
Shares

काठमाडौं, मंसिर ३ । बझाङमा मंगलबार साँझ भूकम्पको कडा धक्का महसुस गरिएको छ ।

साँझ ७ बजेर १५ मिनेटमा बझाङको पौवागढी आसपास केन्द्रविन्दु भएर ५.७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका अरु जिल्लाहरुमासमेत महसुस गरिएको थियो ।

यस्तै, सल्यान, बर्दिया, बाँकेसमेतमा धक्का महसुस गरिएको इमेज जिल्ला संवाददाताहरुले बताएका छन् ।

भूकम्पको धक्कापछि स्थानीयहरु अत्तालिएर घरबाट बाहिर निस्किएका बझाङका इमेजकर्मी डीबी विष्टले जानकारी दिए ।

भूकम्पको केन्द्रविन्दु रहेको बझाङको खप्तडछान्ना गाउँपालिका–१ का वडाध्यक्ष हिक्मत खत्रीले हालसम्म कुनैपनि किसिमको क्षतिको विवरण नआएको हामीसित बताए ।

यो विनाशकारी ‘गोरखा भूकम्प’को पराकम्पन नभइ नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ ।