Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


‘बालअधिकार संरक्षणमा सरकारले केही गर्न सकेन’


0
Shares

काठमाडौं, मंसिर ३ । राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले राज्यले बालअधिकार संरक्षणका लागि अर्बौं डलर भित्र्याएपनि बालअधिकार संरक्षणमा सरकारले केही पनि गर्न नसकेको आरोप लगाएकी छन् ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले नेपालले बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गरेर लागू गरेदेखियता दुई हजार ३३० बालबालिका हराएको भन्दै योक्रम बढ्दो रहेको बताइन् ।

कार्यक्रममा अरु सहभागीहरुले बालबालिका संरक्षणका लागि भइरहेका प्रयासहरु प्रयाप्त नभएको बताएका थिए ।