Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


किसानलाई भटमास थन्क्याउने चटारो


0
Shares

सिन्धुली । महाभारत उतर क्षेत्रका किसानहरु भटमास थन्क्याउने कार्यमा जुटेका छन् । वर्षायाममा खेतवारीमा लगाइएको भटमास पाकेपछि किसानहरु भटमास थन्क्याउने कार्यमा जुटेका हुन् ।

सिन्धुली जिल्लामा काली, काली मसिनो, कैली, सेतोलगायतका आधा दर्जन प्रजातीका भटमास खेती गरिँदै आएको छ ।

सिन्धुलीको महाभारत पहाड श्रृंखलामा सेतो र कैलो जातको ठूलो आकारको भटमास उत्पादन हुन्छ भने गढतीर र खोँच क्षेत्रमा सेतो र काली मसिनो जातको भटमास उत्पादन हुन्छ ।

भटमास प्रोटिनयुक्त खाद्यवस्तु भएकाले पछिल्लो समयमा होटल तथा रेष्टुरामासमेत भटमासका परिकारहरुको माग बढेको स्थानीयको भनाइ छ ।

सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीलगायत आसपासका क्षेत्रमा कैलो भटमास प्रतिकिलो १ सय ५० सम्म बिक्री हुँदै आएको छ भने काली र सेतो भटमास प्रतिकिलो १ सय ३० सम्म बिक्री वितरण हुँदै आएको छ ।

जिल्लामा प्रतिवर्ष ११ हजार मेट्रिक टन भटमास उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।