Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


बस दुर्घटनामा १२ जना घाइते


0
Shares

राँझा, मंसिर २ । दाङको तुलसीपुरबाट नेपालगन्ज आउँदै गरेको यात्रीवाहक बस सोमबार बिहान बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित महेन्द्र राजमार्गमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

दाङको तुलसीपुरबाट नेपालगन्ज आउँदै गरेको ना५ख ६४४९ नम्बरको बस राप्तीसोनारी गाउँपालिका–१, कुसुममा सडकबाट ८० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिए ।

उनकाअनुसार दुर्घटनामा घाइतेमध्ये दाङ, तुलसीपुरकी आशा बस्नेत, कोहलपुर नगरपालिका–११ की जानकी पुन र बसका सहचालक राप्तीसोनारी गाउँपालिका–३ का भीमबहादुर बस्नेतलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर ल्याइएको छ ।

तीव्रगतिमा रहेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरी निरीक्षक बमले जानकारी दिए । रासस