Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


कुवेतको जेलमा रहेका २१ नेपाली कामदारलाई तत्काल फिर्ता गर्न निर्देशन


0
Shares

काठमाडौं । संसदीय समितिले कुवेतको जेलमा रहेका २१ जना नेपाली कामदारलाई तत्काल फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।

संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको हो ।

कामको खोजीमा कुवेतमा अवैधानिक ढंगले पुगेका २१ जना नेपाली कामदारलाई कुवेत सरकारले थुनामा राखेको छ ।

थुनामा रहेका उनीहरुको दण्ड जरिवाना तिरेर भएपनि तत्काल फिर्ता ल्याउन समितिले सरकारलाई निर्देशन दिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए ।

बैठकमा परराष्ट्र सचिव शंकरदास बैरागीले २१ जना नेपालीलाई स्वदेश फर्काउन कुवेत स्थित नेपाली दुतावासमार्फत पहल भईरहेको बताए ।

थुनामा रहेका ती ेनेपालीहरुलाई फर्काउन ५४ लाख रुपैयाँ भन्दा बढी जरिवान तिर्नुपर्ने कुवेतस्थित नेपाली दुतावासले जनाएको छ ।