Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


‘१२ सत्ताइस’ हेर्न किन जाने ?


0
Shares

काठमाडौं । ‘यसभित्र अवसर नपाएर अल्मलिएका, कुनै निकास नपाएका आम युवाको भोगाई छ’ ‘१२ सत्ताइस’ का कलाकार काजी रानाले भने, ‘फिल्ममा नेपाली युवाको ज्वलन्त भोगाई हाँस्यब्यङ्य रुपमा उतारेका छौं ।’

अर्का कलाकार समिर श्रेष्ठले थपे, ‘हामीले साँच्चै नेपाली युवाको दुःख, संघर्ष र भोगाइहरु उतार्ने प्रयास गरेका छौं,’ उनले भने,‘थुप्रै जोखिम र चुनौतिहरु मोलेर दर्शकलाई मनोरन्जन दिलाउने प्रयास गरेका छौं ।’

पैसा कमाउन र जीवन चलाउन १२ सत्ताइस गर्नुपर्छ’ भन्ने युवाहरुको भोगाइलाई बिषयबस्तु समेटेर तयार भएको फिल्मका दुई कलाकारको अभिब्यक्ति र ट्रेलरबाट ‘१२ सत्ताइस’ हेर्न हलसम्म पुग्न दर्शकलाई बाध्य पार्ने उनीहरुको बुझाइ छ ।

मंसिर २७ गतेदेखि प्रदर्शनमा आउने फिल्मको ट्रेलरमा नै तारिफ पाइरहेको छ । अधिकांश नव कलाकारहरुको अभिनय रहेको फिल्म देशभरका हलहरुमा एकसाथ प्रदर्शनमा आउने भएको छ ।

जोन योञ्जनको लेखन तथा निर्देशन रहेको फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, अस्मिता खनाल लगायतका कलाकारको अभिनय छ ।

रेनु राणा, दीपक खतिवडा र रुपक थापाको लगानी रहेको फिल्ममा गौतम शाह सह–निर्माता छन् । फिल्ममा अनिष स्याङदेनको छायांकन तथा कृष्ण भण्डारीको सम्पादन छ ।

तीन बेरोजगार युवाहरुले प्रहरी चौकीबाटै पैसा लुटेपछि उनीहरुले त्यो पैसा आफ्नो बनाउन गर्नु परेको भागदौडलाई फिल्मको ट्रेलरमा देखाईएको छ । बेरोजगारहरुले पैसा कमाउने गलत उपायसम्बन्धि कथा प्रस्तुत गरिएको छ ।

?wmode=opaque&theme=dark” frameborder=”0″ allowfullscreen>