काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबूको तेस्रो महाधिवेशनबाट इमेजकर्मी सुरजवीर बज्राचार्यलाई सर्वसम्मतिले अध्यक्ष चयन गरेको छ ।
चयन पश्चात आफ्नो मन्तब्य राख्ने क्रममा राष्ट्रिय संगठनको जिम्मेवारी निर्वाह गर्न सम्पूर्ण नेवार पत्रकारहरु समेट्न अझ प्रभावकारी कार्ययोजनाका साथ एकताबद्ध भएर अघि बढ्ने बताए ।
नयाँ कार्यसमितिमा उपाध्यक्षमा नृपेन्द्रलाल श्रेष्ठ, रचना श्रेष्ठ, संदीप श्रेष्ठ, महासचिवमा सुनील महर्जन, सचिवमा केके मानन्धर, राजु नापित, प्रेरणा शाक्य, कोषाध्यक्षमा सुरेन्द्रभक्त श्रेष्ठ, सह–कोषाध्यक्षमा बाबुकाजी साछेँ श्रेष्ठ निर्वाचित भएका छन् ।
केन्द्रीय सदस्यहरुमा नविन जोशी, विजयराम कर्माचार्य, भाइकाजी महर्जन, विगेन तुलाधर, विराजकाजी राजोपाध्याय, प्रजीत शाक्य, पूर्णभक्त दुवाल, अनुप प्रधान, तेजनारायण महर्जन, व श्याम तण्डुकार तथा महिला सदस्यमा हसना लवजु, रुबि श्रेष्ठ, सुनीता महर्जन, मीना वज्राचार्य, अनिता डंगोल व नीशा श्रेष्ठ निर्वाचित भए ।
प्रदेश १ या संयोजकमा भने भोजराज श्रेष्ठ र प्रदेश ४ को संयोजकमा उत्तम श्रेष्ठ चयन भए ।









प्रतिक्रिया दिनुहोस्