Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते


0
Shares

चितवन, कात्तिक ३० । भरतपुर महानगरपालिका–२९, सत्रकिलोमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार मृत्यु हुनेमा पर्सा जिल्ला जितपुर बस्ने ३२ वर्षीय बैजनाथ चौधरी रहेका छन् ।

ठक्करबाट घाइते चौधरीको उपचारकाक्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग१७प ४५६४ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको बा५३प १६५० नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा बा५३प १६५० नम्बरको मोटरसाइकलचालक चौधरीको मृत्यु भएको हो ।

ग१७प ४५६४ नम्बरको मोटरसाइकलचालक कास्की, पोखरा महानगरपालिका–१५ बस्ने २१ वर्षीय सन्तोष ठकुरी र पछाडि सवार २० वर्षीय रमेश विक घाइते भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

घाइते दुवैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ठक्कर खाने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । रासस