Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


रञ्जना लिपि संरक्षणमा जोड


0
Shares

काठमाडौं, कात्तिक ३० । नेपालको मौलिक रञ्जना लिपि लोप हुन लागेको भन्दै भाषाविद्हरुले संरक्षणमा जोड दिएका छन् ।

नारायण परिवार क्लब र नेपाल लिपि गुथीले शनिबार काठमाडौंमा संयुक्तरुपमा कार्यक्रम गरी रञ्जना लिपिको संरक्षणमा जोड दिएका हुन् ।

क्लबका अध्यक्ष प्रचण्डमान बज्राचार्यले रञ्जना लिलि बचाउनसके भाषाको संरक्षण पनि हुने बताए ।

११औं शताब्दीदेखि प्रचलनमा रहेको नेपालको यो लिपि भारत, तिब्बत,  चीन, मंगोलिया, जापान र अन्य देशमा पनि प्रयोगमा आएको छ ।

संयुक्त राष्ट्रसंघमा नेपालले सदस्यता लिँदासमेत रञ्जना लिपि प्रयोग भएको थियो ।