
काठमाडौं, असार ६ । लुम्बिनी प्रदेश सरकारमा सहभागी चारजना मन्त्रीलाई जनता समाजवादी पार्टीले पुनः स्पष्टीकरण सोधेको छ ।
पार्टीको ह्विप उल्लंघन गर्दै सरकारको नीति तथा कार्यक्रमका पक्षमा मतदान गरेको भन्दै जसपाको उपेन्द्र यादव समूहले स्पष्टीकरण मागेको हो ।
भौतिक पूर्वाधार बिकास मन्त्री सन्तोषकुमार पाण्डे, भौतिक पूर्वाधार बिकास राज्मन्त्री सुमन शर्मा, उद्योग तथा वातावरण मन्त्री कल्पना पाण्डे र भूमि ब्यवस्था तथा कृषि मन्त्री बिजयबहादुर यादवलाई स्पष्टीकारण सोधिएको हो ।
प्रतिक्रिया दिनुहोस्