
काठमाडौं । नेपालको चार दिने भ्रमणमा रहनुभएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज पोखराको भ्रमण गर्दै छन् । उनले फेवातालमा डुंगा सयरदेखि नजिकै रहेको रुपा गाउँपालिका पुगेर हिमाली दृश्यावलोकन गर्ने कार्यक्रम छ ।
उनलाई पोखरा विमास्थलमा गण्डकी प्रदेशका कार्यवहाक मुख्यमन्त्री किरण गुरुङले स्वागत गरेका थिए । विमानस्थलबाट राष्ट्रपति हमिद सोझै फेवाताल पुगेका छन् । राष्ट्रपति हमिदले फेवातालमा झण्डै चालिस मिनेट डुंगा सयर गर्ने कार्यक्रम छ ।
त्यसलगत्तै फेवाकिनारको फिस्टेल लजमा उनको आतिथ्यमा प्रदेश सरकारले दिवाभोजको आयोजना गरेको छ । त्यसपश्चात्त हेलिकप्टरमा राष्ट्रपति हमिद रुपाकोट रिसोर्ट जाने कार्यक्रम छ । रुपा गाउँपालिकाले सांस्कृतिक झाँकी सहित स्वागत गर्नेछ ।
स्वागत र सम्मानमा मारुनी र सोरठी नाच देखाइने छ । रुपाकोटमा राष्ट्रपति हमिदले एक घण्टा बिताउने छन् । उनी आजै हेलिकोप्टरबाट काठमाडौं फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्