प्रहरीलाई नायिका मनिषा कोईरालाको सहयोग « Image Khabar


प्रहरीलाई नायिका मनिषा कोईरालाको सहयोग


Border circle
Imagekhabar

काठमाडौं, जेठ ३० । नेपाल प्रहरीलाई चर्चित वलिउड नायिका मनिषा कोईरालाले कोरोना महामारीको प्रतिकार्यका लागि स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ ।

आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीलाई उहाँले स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो ।

कोईराला ४ हजार थान मास्क, ४ हजार थान फेस सिल्ड र १ हजार थान स्यानिटाईजर लगायतका सामग्री सहयोग गरेको जनाएको छ ।

फेसबुक पेज मार्फत कोईरालाले कोरोना महामारीमा मद्दत र उत्कृष्ट कार्य गरेको भन्दै नेपाल प्रहरी र सामाजिक अभियन्ताहरूलाई धन्यवाद समेत दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्