२२ मंसिर २०८०, शुक्रबार | Fri Dec 8 2023


अर्घाखाँचीको नरपानीमा कार दुर्घटना, तीनको मृत्यु, दुई घाइते


0
Shares

रुपन्देही। सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रुपन्देही सैनामैना २ की दुर्गा देवी खड्का, रुपन्देही मुर्गिायाका तिलक खड्का र सोही स्थानका भक्त बहादुर खड्का छन् ।

यस्तै, कारचालक गंगाबहादुर खड्का र विनोद खड्काको अवस्था गम्भीर रहेको छ ।

उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरी बुटवल लगिँदै छ ।

कार सडकबाट करिव डेढ सय मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले अर्घाखाँचीले जानकारी दिएको छ ।

रुपन्देहीको सैनामैनाबाट सन्धीखर्क जाँदै गरेको बा १७ च ६९१७ नम्बरको कार दुर्घटनामा परेको हो । ।