विशालनगरमा कविगोष्ठी • Image Khabar Image Khabar


विशालनगरमा कविगोष्ठी


Imagekhabar
१६ कार्तिक २०७६, शनिबार १५:४५

विशालनगरमा कविगोष्ठी

काठमाडौं, कात्तिक १६ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औं जन्मजयन्तीका अवसरमा काठमाडौंको विशालनगरमा कविगोष्ठी आयोजना गरिएको छ ।

शनिबार विशालनगर पुस्तकालयद्वारा आयोजित गोष्ठीमा विभिन्न कविहरुले आ–आफ्ना कवितावाचन गरेका थिए ।

पुस्तकालयले विगत २५ वर्षदेखि प्रत्येक दुई वर्षमा देवकोटाको जन्मजयन्तीका अवसर पारेर कविगोष्ठी आयोजना गर्दै आएको छ ।

विशालनगर पुस्तकालय ऐतिहासिक पुस्तकालय भएकाले यसलाई प्रविधियुक्त बनाउन इ–लाइब्रेरीको पनि व्यवस्था गरिने पुस्तकालय व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्