विश्व समुदायबीच शान्तिको लागि साझा सहकार्य आवश्यक : डा.महत • Image Khabar Image Khabar


विश्व समुदायबीच शान्तिको लागि साझा सहकार्य आवश्यक : डा.महत


Imagekhabar
१६ कार्तिक २०७६, शनिबार ११:३९

विश्व समुदायबीच शान्तिको लागि साझा सहकार्य आवश्यक : डा.महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले विश्व समुदायबीच शान्तिको लागि साझा सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।

जनतादेखि जनतासम्म अन्तर्राष्ट्रिय नेपाल च्याप्टर समन्वय समितिले आज काठमाडौमा गरेको कार्यक्रममा उनले शान्ति र सद्भावबिना मुलुकको विकास असम्भव रहेकाले साझा धारणा बनाउन आवश्यक रहेको बताए ।

नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा विश्वसमुदायबीच नेपालको सांस्कृतिक सम्पदा, नेपालका हिमाल र पर्यटनको बारेमा जानकारी गराउन आवश्यक रहेको बताए ।

उनले जनता–जनताबीचको सम्बन्धबाट पर्यटनको विकास गर्न सकिने उनको भनाई थियो ।

एशिया प्यासिफिक क्षेत्रका ५० भन्दा बढी मुलकका विदेशी प्रतिनिधि रहेको कार्यक्रम दुई दिनसम्म चल्ने छ । 

प्रतिक्रिया दिनुहोस्