१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


म्याग्दीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु


0
Shares

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मालिका–२ का २२ वर्षीय सपबहादुर श्रीपाली र ४० वर्षीय चन्द्रबहादुर पुन छन् ।

दरवाङ बजारदेखि रुम जाँदै गरेको ध १ ज ५९८ नम्बरको जिप दरवाङ–रुम सडकको ताक्सेमा दुर्घटना भएको हो ।

जिप भित्र रहेका १५ जना यात्रु भने सकुशल छन् । जिप पल्टीदा भिरमा खसेका यात्रुहरु छतमा चढेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रहरीले  जिप चालक डम्मरबहादुर सिउथानीलाई नियन्त्रणमा लिएको छ ।