नेवि संघ कार्यकर्ताको घेराउमा परेका सभापति देउवा जंगिए: ‘यो के गरेको ?' • Image Khabar Image Khabar


नेवि संघ कार्यकर्ताको घेराउमा परेका सभापति देउवा जंगिए: ‘यो के गरेको ?’


Imagekhabar
१५ कार्तिक २०७६, शुक्रबार १६:५३

नेवि संघ कार्यकर्ताको घेराउमा परेका सभापति देउवा जंगिए: ‘यो के गरेको ?'

काठमाडौं । नेपाली काँग्रेस पार्टी कार्यालयमा सभापति शेरबहादुर देउवाविरुद्ध नेविसंघका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।

केन्द्रिय समिति वैठकका लागि देउवा पार्टी कार्यालय प्रवेश गर्दा नेवि संघ कार्यकर्ताको घेराउमा परेका थिए ।

 नेवि संघका कार्यकर्ताले ३२ वर्ष मुनिकालाई नै नेविसंघको अध्यक्ष बनाउनु पर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

संघको अवरोधमा सभापति देउवालगायतका नेताहरुलाई कार्यालय छिर्न समस्या परेको थियो ।

कार्यकर्ताले नाराबाजी गर्दै घेराउ गरेपछि सभापति देउवा ‘यो के गरेको’ भन्दै जंगिएका थिए । उनले हप्काएपछि कार्यकर्ता आक्रोशित बनेका थिए ।

आसन्न उपनिर्वाचनको उम्मेद्वार चयन तथा भ्रातृ संगठनको गठन लगायत एजेन्डामा छलफल गर्न आज केन्द्रिय कार्यालयमा पार्टीको बैठक थियो ।

तस्विर : डिपी उपाध्ययको फेसबुकबाट

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्