छठ पर्वको खरना विधि गरिँदै • Image Khabar Image Khabar


छठ पर्वको खरना विधि गरिँदै


Imagekhabar
१५ कार्तिक २०७६, शुक्रबार १२:२३

छठ पर्वको खरना विधि गरिँदै

जनकपुरधाम, कात्तिक १५ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत् शुक्रबार दोस्रो दिन खरना विधि गरिँदैछ ।

जीवन पद्धतिलाई प्रतिविम्बित गर्ने छठ पर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ ।

खरनाअन्तर्गत् गाईको गोबरले लिपपोत गरी अरबा चामलको पीठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती दिनभर उपवास बस्ने गर्दछन् ।

बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सखर, दूध र गम्हरीको चामलको खीर पकाइन्छ । गम्हरी चामलको अभावमा धानको चामलको प्रयोग गरिन्छ ।

कतिपय परिवारमा खीरका साथै रोटी पनि पकाइन्छ ।

खरनामा नैवेद्य चढाउने बेलामा जतिओटा अर्घ्यदान गरिने हो, त्यतिओटा स्थानमा केराको पातमाथि नैवेद्य चढाउने गरिन्छ । यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा, मूला, पान र सुपारी आदि राखिन्छन् ।

नैवेद्यलाई केराको पातमा राखेर छठी मातालाई चढाइन्छ ।

नैवेद्यलाई उत्सर्ग गरिसकेपछि व्रती र परिवारजनले प्रसाद ग्रहण गर्ने चलन रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्