
काठमाडौं, कात्तिक १४ । साझा पार्टीले आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर–१ ‘क’मा सुरज प्रधानलाई प्रदेशसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टीका जिल्ला संयोजककोरुपमा रहेका २८ वर्षीय प्रधानलाई बिहीबार प्रदेशसभा सदस्य उम्मेदवार घोषणा गरिएको हो ।
प्रधान वातावरणमैत्री इँटा उत्पादनको व्यवसायमा संलग्न छन् ।
गएको निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित हरिशरण लामिछानेको मस्तिष्काघातका कारण निधन भएपछि उक्त स्थान रिक्त रहेको थियो ।
यसैगरी, पार्टीले आउँदो शनिबार दाङ निर्वाचन क्षेत्र नम्बर–३ ‘ख’को प्रदेशसभा उम्मेदवार घोषणा गर्ने निर्णय गरेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सत्तारुढ र विपक्षी दलहरुमा इमान्दार र सक्षम व्यक्तिको अभाव रहेको बताए ।
उनले समाज रुपान्तरणका लागि नीतिमात्र बनाएर नहुने भन्दै नियत सहि हुनैपर्ने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस्