२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


छठ पूजा गर्न पानीको समस्या


0
Shares

सर्लाही । सर्लाहीका विभिन्न नदी नालाहरु सुक्न थालेपछि छठ पूजा गर्ने व्रतालु समस्यामा परेका छन् ।

नदीमा पानी वहन छाडे पछि अहिले व्रर्तालुहरुले खोलामा खनेर पानी निकालेका छन् । त्यही पानीमा उनीहरुले छठ मनाउने तयारी गरेका छन् ।

पानी निकाल्न डोजरको समेत प्रयोग गरिएको छ । पानीको अभावमा परम्परादेखिको धर्म संस्कृति मनाउन पनि समस्या परेको उनीहरुको भनाइ छ ।

बढ्दो शहरीकरण, वन विनास, चुरे दोहनलगायतका जलवायु परिवर्तनको असरका कारण तराईमा यस्तो समस्या आएको जानकारहरु बताउँछन् ।