२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कृष्णनगरमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु, स्थिति तनावग्रस्त


0
Shares

कपिलवस्तु, कात्तिक १४ । कपिलवस्तुको सीमानाका कृष्णनगरमा प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय सुरज पाण्डे छन् ।

लक्ष्मीपूजाको मूर्ति विर्सजन गर्नेक्रममा दुई पक्षबीच विवाद हुँदा बुधबार बेलुकादेखि कृष्णनगर तनावग्रस्त बनेको थियो ।

स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार बिहान ११ बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।

प्रशासनले कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७०० मिटर, पश्चिमतर्फ ७०० मिटर र पूर्वतर्फ ३०० मिटर क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको हो ।

प्रदर्शनकाक्रममा केही घाइतेसमेत भएका छन् ।

प्रदर्शन चर्किएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन बिहीबार ३५ राउन्डभन्दा बढी हवाई फायर र लाठीचार्ज गरेको छ ।

प्रदर्शनकारीले बिहीबार कृष्णनगर बसपार्कमा रहेको पुलिस बिटसमेत जलाइदिएका छन् ।

कृष्णनगरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

लक्ष्मीको मूर्ति विर्सजन गर्न बनाइएको बाटो छाडेर अर्को बाटो प्रयोग गरेको निहुँमा विवाद बढेको प्रहरीले जनाएको छ ।

कर्फ्यु आदेश जारी भएपनि प्रदर्शनकारीले समूह बनाइ प्रदर्शन गरिरहेका छन् ।