मूर्ति विर्सजन गर्ने विषयमा विवाद हुँदा कृष्णनगर तनावग्रस्त, कर्फयू आदेश जारी • Image Khabar Image Khabar


मूर्ति विर्सजन गर्ने विषयमा विवाद हुँदा कृष्णनगर तनावग्रस्त, कर्फयू आदेश जारी


Imagekhabar
१४ कार्तिक २०७६, बिहीबार ११:४०

मूर्ति विर्सजन गर्ने विषयमा विवाद हुँदा कृष्णनगर तनावग्रस्त, कर्फयू आदेश जारी

कपिलवस्तु । कपिलवस्तुको सीमा नाका कृष्णनगर तनावग्रस्त बनेको छ ।

लक्ष्मीको मूर्ति विर्सजन गर्ने क्रममा दुई पक्षबीच विवाद हुँदा हिजो बेलुकादेखि कृष्णनगर तनावग्रस्त बनेको हो ।

प्रदर्शनका क्रममा केही घाइते समेत भएका छन् । हिजो बेलुका प्रहरीले स्थिति नियन्त्रणमा लिन १५ राउण्ड हवाई फायर गरेको थियो ।

आज बिहानैदेखि प्रदर्शनकारीहरु समुह–समुह बनाएर सडकमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ ।

आज पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ भने प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठी चार्जदेखि र अश्रुग्यास प्रहार गरेको छ ।

मूर्ति विर्सजन गर्ने विषयमा विवाद हुँदा कृष्णनगर तनावग्रस्त, कर्फयू आदेश जारी

प्रदर्शनकारीले बसपार्कमा रहेको पुलिस बिट जलाइदिएका छन् । अहिले कृष्णनगरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

लक्ष्मीको मूर्ती विर्सजन गर्न बनाइएको बाटो छाडेर अर्को बाटो प्रयोग गरेको निहुँमा विवाद बढेको प्रहरीले जनाएको छ ।

यसैबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले कर्फ्यू आदेश जारी गरेको छ ।

कृष्णनगर भन्सारको उत्तरतर्फ सातसय मिटर, पश्चिमतर्फ सातसय मिटर र पूर्वतर्फ तीन सय मिटर भित्र विहीबार ११ बजेदेखि अर्को आदेश जारी नभएसम्म कर्फयू आदेश जारी भएको हो । 

प्रतिक्रिया दिनुहोस्