देवघाटमा बाँदर आतंक • Image Khabar Image Khabar


देवघाटमा बाँदर आतंक


Imagekhabar
१४ कार्तिक २०७६, बिहीबार ११:११

देवघाटमा बाँदर आतंक

तनहुँ । तनहुँको देवघाटमा बाँदरले दुःख दिन थालेपछि त्यस क्षेत्रका स्थानीय चिन्तित बनेका छन ।

बाँदरले घरमा सुकाएको बिस्कुन तथा पसलमा बिक्रीका लागी राखेको वस्तुहरु खाइदिन थालेपछी स्थानीय हैरान भएका हुन् ।

पछिल्लो समय बाँदरले भक्तजन र बालबालिकालाई आक्रमण नै गर्न लागेपछि स्थानीय त्रसित भएका छन् ।

जतिबेला पनि बाँदरले खानेकुरा खाइदिने भएकाले त्यस क्षेत्रका ब्यापारीहरु सामान बिक्री भन्दा पनि बाँदरको गोठालो लागेर बस्नुपर्ने बाध्यता रहेको बताउँछन् ।

देवघाट क्षेत्रमा देखिएको बाँदर आतंकको दीर्घकालीन समाधान खोज्न सरकारलाई स्थानीयले आग्रह गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्