महराविरुद्ध जिल्ला अदालतमा अभियोजनपत्र दर्ता गर्ने तयारी • Image Khabar Image Khabar


महराविरुद्ध जिल्ला अदालतमा अभियोजनपत्र दर्ता गर्ने तयारी


Imagekhabar
१४ कार्तिक २०७६, बिहीबार १०:१९

महराविरुद्ध जिल्ला अदालतमा अभियोजनपत्र दर्ता गर्ने तयारी

काठमाडौं । यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध आज सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियोजनपत्र दर्ता गर्दैछ ।

थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालतले दिएको पछिल्लो सात दिनको म्याद आज सकिने भएसँगै सरकारी वकिलको कार्यालयले अभियोजन पत्र दर्ता गर्ने तयारी गरेको हो ।

महराविरुद्ध आजै थुनछेक बहस सुरु हुने जनाईएको छ ।

बहस गर्ने वकिलको संख्या धेरै भए आज बहस सकिने छैन । नत्र आजै साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने निर्णय हुनेछ ।

तिहार अघि १९ दिनसम्म प्रहरीले अनुसन्धानको काम नसकिएको भन्दै महरालाई पटक पटक म्याद थप गरेको थियो ।

अन्तिम पटक थपिएको सात दिनको समय आज सकिएपछि अब मुद्दा दर्ता गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्