२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल आउनुभएको हो : मन्त्री पोखरेल


0
Shares

काठमाडौं । ग्राण्डी अस्पतालमा भर्ना भइ उपचार गराइरहेका प्रधानमन्त्री केपी ओली स्वास्थ्य परीक्षणको सम्पूर्ण रिपोर्ट आएपछि मात्रै बालुवाटार फर्किने भएका छन् । 

स्वास्थ्यमा समस्या आएपछि विहान साढे ११ बजेतिर अस्पताल पुगेका प्रधानमन्त्री ओलीलाई आईसीयूमा राखेर उपचार गरिएको छ ।

प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाह र ग्राण्डी अस्पतालका आईसीयू इन्चार्ज डा. सुवास आचार्यको टोलीले प्रधानमन्त्रीको उपचार गरिरहेको छ ।

प्रधानमन्त्रीलाई ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको बुझिएको छ ।

स्वास्थ्य परीक्षणको सम्पूर्ण रिपोर्ट आएपछि मात्रै प्रधानमन्त्री अस्पतालबाट फर्कने अस्पताल स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका रक्षामन्त्री ईश्वर पोखरेलले नियमित परीक्षणका लागि अस्पताल आउनुभएको बताए ।

१२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीले नियमित औषधि खाँदै आएका छन् । गत भदौमा उहाँ दुई पटक सिंगापुर गई उपचार गराएका थिए ।