Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


त्रिवि जनप्रशासन विभाग प्रमुखलाई जिम्मेवारी वहन गर्न अपिल


0
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जनप्रशासन केन्द्रीय विभागको नवनियुक्त प्रमुख हरिभक्त शाहीलाई आफ्नो जिम्मेवारी वहन गर्न शिक्षक तथा विद्यार्थीहरुले अपिल गरेका छन् ।

शाहीको नियुक्तिको विरोधमा विद्यार्थी संगठनहरुले विभागको कार्यालयमा तालाबन्दी गरिरहेको बेला शिक्षक तथा विद्यार्थीहरुले यस्तो अपिल गरेका छन् ।

त्रिवि प्राध्यापक संघ जनप्रशासन क्याम्पस इकाई समितिका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठ, जनप्रशासन केन्द्रिय विभागको एमफिलका उपसंयोजक लक्ष्मीकान्त पौडेल, त्रिवि प्रजातान्त्रिक प्राध्यापक संघका कार्यवाहक अध्यक्ष टेकराज पौडेल, जनप्रशासन क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष पंकज कुमार क्षेत्री र नेपाल विद्यार्थी संघ जनप्रशासन इकाई समितिका अध्यक्ष डीबी थापाले संयुक्त रुपमा शाहीसँग भेटी बधाई ज्ञापन गर्नुका साथै सफल कार्यकालका लागि शुभकामना समेत दिएका छन् ।

जनप्रशासन क्याम्पसका प्रमुख शाहीलाई अर्को व्यवस्था नभएसम्मका लागि त्रिवि जनप्रशासन केन्द्रिय विभागको प्रमुखको जिम्मेवारी त्रिवि व्यवस्थापनले दिएको हो ।