टिएमजे क्षेत्रमा रहेको लामपोखरीमा पानीको सतह घट्न थाल्यो • Image Khabar Image Khabar


टिएमजे क्षेत्रमा रहेको लामपोखरीमा पानीको सतह घट्न थाल्यो


Imagekhabar
१३ कार्तिक २०७६, बुधबार १३:४३

टिएमजे क्षेत्रमा रहेको लामपोखरीमा पानीको सतह घट्न थाल्यो

तेह्रथुम । पूर्वको चर्चित पर्यटकीय स्थल तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा रहेको लामपोखरीमा वर्षेनी पानीको सतह घट्दै गएको छ ।

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका र संखुवासभाको मादी नगरपालिकाको सीमास्थित यस क्षेत्रकै लामो (लाम) पोखरीमा पानी सुक्दै गएको हो ।

पानीका मुहान सूक्न थालेपछि पोखरीको अस्तित्व नै संकटमा पर्न थालेको स्थानीयबासी बताउँछन् । पोखरीकै छेऊबाट सडक निर्माण भएकाले पनि पानी सुक्न थालेको स्थानीय बताउँछन् ।

आकर्षक पोखरीमा पानी सुक्न थालेपछि छाडा छाडिएका गाईवस्तुहरु समेत पोखरीमा पस्न थालेकाले पोखरीमा फोहोर समेत बढेको छ ।

लामपोखरी टिएमजे पर्यटकीय पदयात्रा मार्गकै एक उत्कृष्ट गन्तव्य पनि हो ।

तर पोखरीको संरक्षणमा सम्बन्धित निकायले चासो नदेखाउँदा पोखरीकै अस्तित्व संकटमा परेको छ । 

प्रतिक्रिया दिनुहोस्