
काठमाडौं । गत बर्षहरु झैं यस पटक पनि अञ्जली दिदीले सामुहिक भाइटीका लगाइदिएकी छन् ।
दिदी बैनी नभएका तथा दिदी बैनीबाट टाढा रहेकाहरुलाई अञ्जली मास्केले टीका लगाइदिएकी हुन ।
करीब एकसय जनाले उनीबाट टीका लगाएका छन् । अन्जली दिदीले बिगत २३ बर्षदेखि बिना भेदभाव टीका लगाईदिने गरेकी छिन् ।
अञ्जली दिदीको हातबाट टीका लगाउनेहरुले पनि निकै खुशी लागेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्