
म्याग्दी । म्याग्दीका निर्मल पुर्जाले आठ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गरेका छन् ।
चीनको तिब्वतमा अवस्थित शिशापङ्मा हिमालको चुचुरोमा पुगेसँगै पुर्जा सात महिनामा विश्वका सबै आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने पहिलो पर्वतारोही हुन सफल भएका हुन् ।
सोमबार विश्वकै चौथो ८ हजार २७ मिटर अग्लो शिशापङ् हिमालको सफल आरोहण गरेसँगै उनले विश्व रेकर्ड कायम गरेका हुन् ।
चिनियाँ सरकारले सन् २०१९ सम्मलाई सिसापाङ्मा हिमाल आरोहण रोकेपनि विश्व रेकर्डका लागि गरिएको अनुरोधलाई स्वीकार गदैं विषेश अनुमति दिएको थियो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका पूर्जाले गत बैशाख १० गते अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट आरोहण सुरू गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्