२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘१२ सत्ताइस’को ‘फस्टलुक’ सार्वजनिक


0
Shares

काठमाडौं, कात्तिक १० । नेपाली चलचित्र ‘१२ सत्ताइस’को ‘फस्टलुक’ पोस्टर सार्वजनिक गरिएको छ ।

तिहारको अवसर पारेर आइतबार ‘१२ सत्ताइस’ निर्माणपक्षले फस्टलुक सार्वजनिक गरेको हो ।

फस्टलुक पोस्टरमा चलचित्रका मुख्य पात्रहरूलाई स्थान दिइएको छ ।

१२ सत्ताइसलाई जोन योञ्जनले निर्देशन गरेका छन् । चलचित्र निर्देशनमा उनको यो ‘डेब्यु’ हो ।

यो चलचित्रमा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, समरान्त थापा, अभोनराज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, बिना कार्कीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

समसामयिक विषयवस्तुलाई चलचित्रमा समेटिएको निर्माणपक्षको भनाइ छ ।

‘उत्कृष्ट चलचित्र बनाउन स्टार कास्ट नै चाहिन्छ भन्ने छैन । कथा र पात्र बलियो भए चलचित्र राम्रो बन्छ र १२ सत्ताइसले पनि दर्शकको मन जित्छ’–निर्देशक जोनले भने ।

ह्याप्पी प्लानेट फिल्मस् र कमेरो स्क्रिनको सहकार्यमा निर्माण भएको १२ सत्ताइस आउँदो मंसिर २७ गतेदेखि प्रदर्शनमा आउने जनाइएको छ ।