२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


जापानी भाषा परीक्षा आइतबारदेखि, पहिलो चरणमा नर्सिङ केयर मात्र


0
Shares

काठमाडौं । जापानी भाषा परीक्षा भोलि(आइतबार)देखि सञ्चालन हुने भएको छ ।

नर्सिङ केयर (केयर गिभर) का लागि पहिलो चरणको भाषा परीक्षा आइतबारदेखि हुन लागेको हो ।

जापान फाउनडेसनका अनुसार आवेदन दिएका मध्येबाट परीक्षाका लागि एक हजार जना छानिएका छन् ।

हजारौंले अनलाइनमार्फत आवेदन दिएका भए पनि हजार जनाले मात्रै परीक्षा दिन पाउनेछन् ।

लक्की ड्रमार्फत परीक्षार्थी छानिएको जापान फाउन्डेसनको दाबी छ । परीक्षामा पास हुने मात्रै नर्सिङ केयरमा छनोट हुन पाउनेछन् । -अन्नपूर्ण पोष्ट दैनिकबाट