वर्षासँगै हिउँ पर्ने सम्भावना • Image Khabar Image Khabar


वर्षासँगै हिउँ पर्ने सम्भावना


Imagekhabar
८ कार्तिक २०७६, शुक्रबार १५:३०

वर्षासँगै हिउँ पर्ने सम्भावना

काठमाडौं, कात्तिक ८ । देशका केही स्थानमा हाल मौसम बदली रहेको छ ।

अहिले प्रदेश नम्बर–१, २, ३ र गन्डकी प्रदेशका थोरै स्थानमा मौसम सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अरब सागरमा बनेको ‘क्यार’ नामक चक्रवातको आंशिक प्रभाव नेपालमा पनि परेको हो ।

साथै, बंगालमा विकसित भएको न्यूनचापीय प्रणाली पनि त्यसमा मिसिएको महाशाखाले जनाएको छ ।

जसको प्रभावले नेपालमा हल्का वर्षा र हल्का हिमपातको सम्भावना रहेको मौसमविद् मन्जु बासीले जानकारी दिइन् ।

‘प्रदेश–१, २, ३ र गन्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । वर्षा भइहालेपनि धेरैबेर हुँदैन । क्षणिक वर्षाको मात्रै सम्भावना देखिन्छ’–उनले इमेजखबरसित भनिन्–‘ठूलो वर्षाको भने सम्भावना छैन ।’

उनकाअनुसार प्रदेश नम्बर–१, ३ र गन्डकी प्रदेशका उच्च हिमाली भू–भागहरुमा शुक्रबार हल्का हिमपातको सम्भावनासमेत रहेको छ ।

देशका बाँकी भू–भागहरुमा मौसम सामन्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्