कात्तिक १८ देखि आमरण अनशन बस्ने डा. केसीको उद्घोष • Image Khabar Image Khabar


कात्तिक १८ देखि आमरण अनशन बस्ने डा. केसीको उद्घोष


Imagekhabar
८ कार्तिक २०७६, शुक्रबार १४:३०

कात्तिक १८ देखि आमरण अनशन बस्ने डा. केसीको उद्घोष

काठमाडौं, कात्तिक ८ । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले यही कात्तिक १८ गतेदेखि आमरण अनशन सुरु गर्ने बताएका छन् ।

शुक्रबार विज्ञप्ति जारी गर्दै डा. केसीले तिहार र छठ पर्व नजिकिएका कारण आफूले अनशन बस्ने मिति पछि सारेको जानकारी दिए ।

डा. केसीले विद्यार्थीहरुसँग अवैधरुपमा लिएको शुल्क फिर्ता गराउन सरकारलाई आजसम्मको ‘अल्टिमेटम’ दिएका थिए ।

यस्तै, डा. केसीले वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा अवैधरुपमा लिएको शुल्कको विरोधमा उत्रिएका विद्यार्थीलाई कलेज प्रशासनले गरेको आक्रमणको भर्त्सना गरेका छन् ।

तोकिएकोभन्दा बढी शुल्क लिएका मेडिकल कलेजका सन्चालकहरुलाई फौजदारी मुद्दा चलाउनुपर्ने उनको माग छ ।

प्रतिक्रिया दिनुहोस्