
सप्तरी । सप्तरीको कंचनरुप नगरपालिका–११ गोरपारमा ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ ।
घर लिपतोत गर्न आज बिहान माटो लिन गएकी १३ वर्षीया पुष्पाकुमारी सरदारको ढिस्कोमा पुरिएर घटनास्थलमै मृत्यु भएको हो ।
पुष्पासँगै माटो लिन पुगेकी अर्की १५ वर्षीया मनपृत सरदार भने ढिस्कोमा परेर गम्भिर घाइते भएकी छन् ।
उनको विराटनगरस्थित नोबेल मेडिकल अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्