२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


र्‍यापर घिसिङविरुद्ध सात दिनको म्याद थप


0
Shares

काठमाडौं, कात्तिक ७ । ‘हामी यस्तै त हो नी ब्रो’ बोलको गीतमा अश्लील शब्दको प्रयोग गरी लागुऔषध गाँजा खान प्रोत्साहित गरेको आरोपमा प्रहरीले बिहीबार र्‍यापर समीर लामा घिसिङलाई पक्राउ गरेको छ ।

चन्द्रनिगाहापुर घर भइ हाल ललितपुर बस्ने घिसिङलाई झम्सीखेलबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

उनले प्रहरीको ‘युनिफर्म’ लगाइ लागुऔषध सेवन गरिरहेको फोटो आफ्नो फेसबुकमा राखेर प्रहरी पोसाकको दुरुपयोगसमेत गरेको पाइएको छ ।

घिसिङविरुद्ध ललितपुर प्रहरीले सार्वजनिक हित तथा नैतिकताविरुद्धको अपराधमा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले बताए ।

कसुर पुष्टि भए एक वर्ष कैद वा रु १० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

दुई दिनअघिमात्रै उच्छृंखल गीत गाएको आरोपमा पक्राउ परेका गायक दुर्गेश थापाले गल्ती स्वीकार गरी माफी मागेपछि उनलाई छाडिएको थियो ।

गृह मन्त्रालयले उच्छृंखल र समाजलाई भड्काउनेखालका गीत गाए तथा उत्पादन गरे कारबाही गर्ने विज्ञप्तिमार्फत् सूचना जारी गरेको थियो । रासस