२२ मंसिर २०८०, शुक्रबार | Fri Dec 8 2023


ढिस्कोले पुरिएर एक युवतीको मृत्यु, दुई गम्भीर घाइते


0
Shares

रोल्पा, कात्तिक ७ । रोल्पामा घरमा लगाउने कमेरो माटो खन्नेक्रममा ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनिल स्मृति गाउँपालिका–५, काभ्राकी १८ वर्षीया पवित्रा सेन छन् ।

बिहीबार दिउँसो रोल्पा नगरपालिका–३, कमिरे धारा भन्ने स्थानमा उनको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खाल्डोमा पसेका सोही गाउँका १७ वर्षीया स्यानी घर्ती र २२ वर्षीया कर्मा रोका गम्भीर घाइते भएका छन् ।

घटना भएको थाहा पाएलगत्तै स्थानीयहरुले उनीहरुको उद्धार गरेका थिए । घाइतेहरुलाई स्थानीय स्वास्थ्य संस्थामा लगिएको छ ।