१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


तिहारका लागि झिलिङ्गा बनाएर बेच्न भ्याइनभ्याइ


0
Shares

नवलपुर । तिहारका लागि झिलिङ्गा बनाएर बेच्न नवलपुरका स्थानीयलाई भ्याइनभ्याइ भएको छ ।

तिहारमा खाने परिकारमध्ये झिलिङ्गा पनि एक रहेको र यसको माग पनि बढी हुने हुँदा झिलिङा बनाएर बजारमा पठाउन स्थानीयलाई भ्याइनभ्याइ भएको कावासोती गोडारका ठाकुर महतोको भनाइ छ ।

तिहारको समयमा मात्र झण्डै ५० हजार रुपियाँ बराबरको झिलिङ्गाको व्यापार हुने गरेको बताइएको छ ।

यस्तै नवलपुरको गैडाकोट, देवचुलीसँगै अरुणखोलामा झिलिङ्गा बनाएर बेच्न उद्योग नै संञ्चालन गरिएको छ ।

यहाँ उत्पादित झिलिङ्गा स्थानीय बजारका साथै अन्य जिल्लामा पनि निर्यात हुने गर्दछ ।