साना उद्योगको प्रवर्द्धनमा जोड • Image Khabar Image Khabar


साना उद्योगको प्रवर्द्धनमा जोड


Imagekhabar
६ कार्तिक २०७६, बुधबार २०:५५

साना उद्योगको प्रवर्द्धनमा जोड

काठमाडौं, कात्तिक ६ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले दोहोरो करको समस्याबारे ठोस प्रमाणसहित जानकारी गराउन उद्योगी–व्यवसायीलाई आग्रह गरेका छन् ।

नेपाल घरेलु तथा साना उघोग महासंघले राजधानीमा गरेको कार्यक्रममा अर्यालले पछिल्लो समय बढ्दो लागत र दोहोरो करबारे उद्योगीहरुले झेल्नुपरेको समस्याका सन्दर्भमा तीन तहमा कतैपनि दोहोरो करमा व्यवसायी परेमा ठोस प्रमाणसहित देखाइदिएमा समाधान गर्न सहज हुने बताए ।

साना उद्योगका क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने भन्दै यस्ता उद्योगहरुबाट गुणस्तरीय र प्रतिस्पर्धी उत्पादन बजारमा आउनुपर्नेमा पनि उनले जोड दिए ।

महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले अबका दिनमा देशको विकास गर्ने माध्यम भनेको लघु, घरेलु तथा साना उद्योग भएको बताउँदै उत्पादन, रोजगारी र कुल गार्हस्थ उत्पादनमा योगदानको हिसाबले यस्ता उद्योगको भूमिका उच्च रहेको दाबी गरे ।

साना उद्योगको प्रवर्द्धन र विकासबिना मुलुकको आर्थिक समृद्घि सम्भव नहुने व्यवसायीहरुको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्