२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


हिउँले पुरिएर युवकको मृत्यु


0
Shares

पोखरा, कात्तिक ६ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित बगरमा हिउँको ढिस्कोले पुरिएर बुधबार एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।

मृत्यु हुनेमा अन्नपूर्ण बेसक्याम्प घुम्न गएका पोखरा महानगरपालिका–५, पर्स्याङका १८ वर्षीय सञ्जय खनाल छन् ।

पोखराबाट खनालसहित तीनजना अन्नपूर्ण बेस क्याम्प घुम्न गएका थिए ।

घाइते भएका पर्स्याङका २० वर्षीय सन्तोष बास्तोला र फूलबारीका १८ वर्षीय निर्जन कोइरालाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनीहरुलाई हेलिकोप्टरबाट उद्धार गरी पोखरा ल्याइएको हो ।

हिउँदमा झरेको ठूलो ढिस्को पग्लिएपछि सुरुङ बनेको र त्यही सुरुङमा पसेर फोटो खिच्न लाग्दा ढिस्कोले पुरिएर खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।