‘धुम्रपात’ले बारा–पर्साको ४४ किलोमिटरको दूरीमा उत्पात : प्रतिवेदन • Image Khabar Image Khabar


‘धुम्रपात’ले बारा–पर्साको ४४ किलोमिटरको दूरीमा उत्पात : प्रतिवेदन


Imagekhabar
६ कार्तिक २०७६, बुधबार १९:४९

‘धुम्रपात’ले बारा–पर्साको ४४ किलोमिटरको दूरीमा उत्पात : प्रतिवेदन

काठमाडौं, कात्तिक ६ । जल तथा मौसम विज्ञान विभागले २०७५ साल चैत १७ गते बारा र पर्सा जिल्लामा आएको भीषण हावाहुरीको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

बुधबार राजधानीमा आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत, तथा सिँचाइमन्त्री वर्षमान पुनले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

‘धुम्रपात’ नाम दिइएको उक्त हावाहुरीको अनुसन्धान गर्न जल तथा मौसम विज्ञान विभागका महानिर्देशक, ‘नास्ट’, ‘सेन’ र ‘इसिमोड’का विज्ञ तथा प्रतिनिधिहरु रहेको ८ सदस्यीय टोली बनाइएको थियो ।

प्रतिवेदनमा बारा, पर्सामा आएको धुम्रपातको वेग अधिकतम् १८० देखि २६५ किलोमिटर प्रतिघन्टा रहेको उल्लेख छ ।

धुम्रपातले २०० देखि ७५० मिटर चौडाइमा पर्साको पर्सौनीबाट सुरु भएर दक्षिणपूर्वी दिशातर्फ प्रवाह भइ बाराको बेरियासम्म ४४ किलोमिटरको दूरीमा उत्पात मच्चाएको पनि प्रतिवेदनमा उल्लेख छ ।

धुम्रपातजस्तो प्रकोपबाट जनधनको क्षति न्यूनीकरण गर्न पूर्वचेतावनी दिने प्रणालीको स्थापना गर्न र त्यस्तो मौसम प्रणालीको थप अध्ययन, अनुसन्धान गर्नसमेत प्रतिवेदनमा सुझाव दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्