२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


सडकमा माग्दै हिँड्ने बालबालिका नियन्त्रणमा


0
Shares

काठमाडौं, कात्तिक ६ । बालबालिका खोजतलास समन्वय केन्द्रले राजधानीका विभिन्न क्षेत्रमा माग्दै हिँड्ने र बालश्रम गर्ने ३५ जना बालबालिकालाई बुधबार नियन्त्रणमा लिएको छ ।

केही महिनादेखि निरन्तररुपमा सडकमा माग्ने र बालश्रम गर्ने बालबालिकालाई नियन्त्रणमा लिने अभियान चलाएको बालबालिका खोजतलास समन्वय केन्द्रले जनाएको छ ।

नियन्त्रणमा लिनेक्रममा बालबालिकामा रुवाबासी चलेको थियो ।

नियन्त्रणमा लिइएका बालबालिकाहरु अधिकांश भारतीय मूलका छन् ।

बाबुआमाले नै दुई वर्षदेखि १० वर्षसम्मका बालबालिकालाई व्यस्त सडकमा माग्न लगाउने गरेको पाइएको छ । केही बालबालिकाको साथमा गाँजासमेत भेटिने गरेको छ ।

नियन्त्रणमा लिइएकाहरुलाई विभिन्न संस्थामा राखेर पुनःस्थापना गरिनेछ ।

भारतमा पनि पेसा नै माग्ने बनाएका मानिस नेपाल छिरेर बालबालिकालाई सडकमा माग्न पठाउने गरेको पाइएको हो ।

खोजतलास केन्द्रले बालबालिकालाई नियन्त्रणमा लिएपछि अभिभावकहरु फिर्ता लिन खोजतलास केन्द्र धाउने गरेका छन् ।

राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रले गरेको यो अभियानले सडकमा माग्ने बालबालिकाको संख्या कम हुन थालेको छ ।