
काठमाडौं, कात्तिक ६ । चाबहिलस्थित केएल टावरनजिकै पुरानो घर भत्काउनेक्रममा बुधबार एक्कासि संरचना खस्दा दुईजना घाइते भएका छन् ।
घर भत्काउने काम गर्ने मजदुर रामबहादुर कुँवर र नजिकैको खाजाघरमा काम गर्ने जीवन मगर घाइते भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
दुवैजनाको मित्रपार्कस्थित दीर्घायु गुरु अस्पतालमा उपचार भइरहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले राससलाई जानकारी दिए ।
घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।
एकजनाको आकस्मिक र एकजनाको सघन उपचारकक्षमा उपचार भइरहेको जनाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्