भुटानी कुजु एफएमको टोली इमेजमा • Image Khabar Image Khabar


भुटानी कुजु एफएमको टोली इमेजमा


Imagekhabar
६ कार्तिक २०७६, बुधबार १५:०६

भुटानी कुजु एफएमको टोली इमेजमा

काठमाडौं, कात्तिक ६ । भुटानको निजी रेडियो कुजु एफएमको टोलीले बुधबार इमेज ग्रुप अफ कम्पनीज्को अवलोकन भ्रमण गरेको छ ।

कुजु एफएमका मार्केटिङ अफिसर दोर्जी नोर्बुको नेतृत्वमा आएको ६ सदस्यीय टोलीले पानीपोखरीस्थित इमेज एफएम ९७.९ र इमेज न्यूज एफएम १०३.६ मेगाहर्जको भ्रमण गरेको हो ।

टोलीलाई इमेज ग्रुप अफ कम्पनीज्का उपाध्यक्ष मोहनचन्द्र सिंह र प्रमुख कार्यकारी अधिकृत तपानाथ शुक्लले स्वागत गरेका थिए ।

इमेज एफएमको भ्रमण र अनुभव साटासाट गर्न पाउँदा आफूहरु निकै हर्षित भएको भ्रमण टोलीका सदस्य कर्मा तोप्देनले बताए ।

सन् २००६ मा स्थापना भएको कुजु एफएम भुटानको दोस्रो ठूलो रेडियो सेवा हो ।

दुई फरक फ्रिक्वेन्सी र भाषमा रेडियो सन्चालन गर्दै आएको कुजु एफएम भुटानको सबै २० जिल्लामा विस्तारित छ ।

भुटानी राजाको सचिवालयले थालेको जनताको परियोजनाअन्तर्गत्को यो पहिलो परियोजना हो ।

भुटानी टोलीमा नोर्बु, तोप्देन, तेन्जिङ छेन्जोम, नवाङ देमा, देछेन वाङ्मोलगायत थिए ।

भुटानी कुजु एफएमको टोली इमेजमा

भुटानी कुजु एफएमको टोली इमेजमा

प्रतिक्रिया दिनुहोस्