१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


अक्सिजन प्रयोग सम्बन्धी मापदण्ड


0
Shares

काठमाडौं, बैशाख २४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसियू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने कोरोनाका विरामीलाई प्रतिदिन औसतमा १४ हजार लिटर अक्सिजन आवश्यक पर्ने जनाएको छ ।

मन्त्रालयले मेडिकल अक्सिजन प्रयोग तथा आवश्यकता निर्धारण सम्बन्धी मापदण्ड २०७८ जारी गर्दै क्रिटिकल केयरमा रहेका संक्रमितलाई १ मिनेटमा १० लिटरका दरले औसतमा १४ हजार लिटर अक्सिजन आवश्यक पर्ने जनाएको हो

यस्तै मादण्डमा एचडीयूमा उपचार हुने विरामीलाई १ मिनेटमा ८ लिटरका दरले दिनमा औसत १२ हजार लिटर अक्सिजन आवश्यक पर्ने उल्लेख गरिएको छ ।

तर अक्सिजनसहित मात्र उपचार गर्नु पर्ने विरामीका लागि भने प्रति १ मिनेटमा ४ लिटरका दरले ६ हजार लिटर प्रयोग गर्नु पर्ने छ ।