
काठमाडौं । बसोबासकै लागि अमेरिका जान पाइने अवसरका रुपमा चिनिएको डाइभर्सिटी भिसा(डीभी) को आवेदन फर्म खुल्नासाथै उपत्यका बाहिरका नेपाली सेवाग्राही राहदानी लिन काठमाडौं ओइरिएका छन् ।
राहदानी विभागले सँधैको भन्दा झन्डै पाँच गुणा राहदानी आवेदन भर्ने र उत्पादन गर्ने अवस्था आएपछि स्थिति अस्तब्यस्त बनेको छ ।
गत असोज १५ मा डीभी आवेदन खुलेपछि काठमाडौं आएर तत्कालै राहदानी(एमआरपी) झिक्नेको संख्या ह्वात्तै बढेको हो ।
अरुबेला जिल्ला संकलन केन्द्रबाट आउनेसहित दैनिक बढीमा आठसय एमआरपी आवेदक रहने गरेकामा पछिल्ला दिनमा झन्डै चार हजार जनाले आवेदन भरिसकेका छन् ।
यसमा पनि एक तिहाइ जति १५ हजार रुपैंयाँ शुल्क तिरेर एकैदिनमा एमआरपी लिन चाहने छन् ।
विभागका अनुसार डीभी आवेदन खुल्नुअघि गत असोज १४ मा नारायणहिटीस्थित राहदानी विभाग आएर एमआरपी आवेदन भर्नेको संख्या ४ सय ८१ जना थियो, कात्तिक ३ मा सो संख्या २ हजार ६ सय ६२ पुगेको छ । कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्