‘सैन्य संरचनातर्फ विप्लव’ : दाङमा दस्तावेज बरामद • Image Khabar Image Khabar


‘सैन्य संरचनातर्फ विप्लव’ : दाङमा दस्तावेज बरामद


Imagekhabar
४ कार्तिक २०७६, सोमबार ०६:२८

‘सैन्य संरचनातर्फ विप्लव’ : दाङमा दस्तावेज बरामद

दाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा लडाकु दस्ता (सैन संरचना) निर्माणको तयारीमा रहेको खुलेको छ ।

हालै वरामद राजनीतिक दस्तावेजमा सैन संरचना बनाउने निर्णयहरु भेटिएको प्रहरीले जनाएको छ । पार्टीलाई बलियो बनाउन र प्रतिरक्षाका लागि सैन्य संरचना निर्माण गर्ने ती दस्तावेजमा उल्लेख छ ।

त्यसका लागि तालिम र प्रशिक्षण सञ्चालन गर्ने निर्णय भएको दस्तावेज प्रहरीले फेला पारेको छ । ‘बरामद दस्तावेज र निर्णय–पुस्तिकामा सैन्य शक्ति निर्माण गर्ने उल्लेख गरेको भेटिएको छ’, दाङका प्रहरी प्रवक्ता तथा डीएसपी विनोदविक्रम शाहले भने, ‘प्लाटुनसम्मका सैन्य संरचना बनाउने खाका रहेछ ।

राजापुरबाट पक्राउ परेका २१ जना विप्लवका नेताहरूबाट बरामद भएका दस्तावेजमा यो भेटिएको हो।’ उनीहरू असोज ३० गते बिहान १ बजे राजपुर–४ मगराइना गाउँबाट पक्राउ परेका थिए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्