२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024


प्रधानमन्त्री ओली बिहीबार अजरबैजान जाने


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रका प्रमुखहरूको शिखर सम्मेलनमा भाग लिन आगामी बिहीबार अजरबैजान जाने भएका छन् ।

परराष्ट्रमन्त्रालले आज जारी गरेको विज्ञप्तिमा यही कात्तिक ८ र ९ गते अजरबैजानको बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) राष्ट्रहरुका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरुको शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ जान लाग्नुभएको उल्लेख छ ।

प्रधानमन्त्री ओलीले कात्तिक ९ गते सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उहांले विभिन्न देशका राष्ट्र प्रमुखहरूसँग भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, परराष्ट्रका सचिव शंकरदास बैरागीलगायत पनि भ्रमण टोलीमा रहनेछन् । प्रधानमन्त्री ओली कात्तिक १० गते आइतबार स्वदेश फर्कने छन् ।